दफा ५७
मत बराबर भएमा
यस ऐन बमोजिम भएको निर्वाचनमा दुई वा सोभन्दा बढी उम्मेदवारको मत बराबर भएमा निर्वाचन अधिकृतले त्यस्ता उम्मेदवारहरू बीच गोला हाली निर्णय गर्नेछ र सो निर्णय बमोजिम छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ ।